ओली-जसपा छलफप्रति माधव समूहको असन्तुष्टि

काठमाडौं । आफ्नो सरकार टिकाउने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)संग थालेको छलफलप्रति एमालेकै माधल नेपाल र झलनाथ खनाल समूहले असन्तुष्टि जनाएको छ ।  प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नगरी जसपासंग सहमति गर्न खोजेको भन्दै सो समूह असन्तुष्ट बनेको हो ।

प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताहरुबीच बिहीबार साँझ वालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तामा रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा जेलमा रहेकाहरुको रिहाइ र सत्ता साझेदारीका विषयमा कुराकानी भएको बताइएको छ ।

तर, यति महत्त्वपूर्ण विषयमा छलफल गर्दा समेत पार्टी कमिटी र नेताहरुसँग कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् । नेपाल-खनाल समूहले सर्वोच्चको फैसलापछि पार्टी बैठक बोलाउन माग गर्दै आएपनि ओलीले बेवास्ता गर्दै आएका छन् ।

सो समुहको बिहीबार बसेको स्थायी समिति बैठकमा नेताहरुले विकसित घटनाक्रमहरूका बारेमा पार्टी कमिटीमा छलफल गर्न बैठक बोलाउनुपर्ने भएपनि ओलीले बेवास्ता गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *