देउवालाई भेटेलगत्तै भट्टराई निवास पुगे प्रचण्ड

काठमाडौं । भावी सत्ता समिकरणलाई लिएर दलहरुबीचको छलफल र दौडधुप बाक्लिएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसंग भेटवार्ता गरेका छन् ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार र सदन संचालनसम्बन्धी समान धारणा बनाउन कांग्रेस र जसपासंग  वार्ता गर्ने निर्णय गरेपछि अध्यक्ष प्रचण्डले दुवै दलसंग छलफल गरेका हुन् ।

मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेका अध्यक्ष प्रचण्डले लगत्तै जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *