सर्वोच्चको फैसलाबारे धारणा बनाउन स्थायी कमिटी बस्ने

काठमाडौँ। पार्टीको नामसम्बन्धी मुद्धामा सर्वोच्च अदालतले आज गरेको फैसलाबारे छलफल गर्न नेकपाको प्रचण्ड–नेपाल समूहले भोली स्थायी कमिटी बैठक बोलाएको छ।

सर्वोच्चको फैसलालाई राजनीतिक प्रवृत्तिको भनेको सो समूहले स्थायी कमिटीले आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि आगामी राजनीतिक प्रक्रियामा जबर्जस्ती गरे त्यसले राम्रो परिणाम नल्याउने चेतावनी दिएका थिए। आइतबार साँझ कानून व्यावसायीसँगको छलफलपछि उनले यस्तो चेतावनी जनाएका हुन्।

प्रचण्ड र पार्टीका अर्का नेता माधवकुमार नेपालसहितका नेताहरुले सिंहदरबारमा कानुन व्यवसायीसँग अब कसरी अघि बढ्ने भनी परामर्श गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *