एमालेको बैठक बोलाउँछु : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै साविक नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बोलाउने बताएका छन्। आइतबार साँझ बालुवाटारमा बसेको नेकपा ओली पक्षीय संसदीय दलको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका ओलीले छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएको एक सांसदले जानकारी दिए।

सर्वोच्च अदालतबाट साविकको एमाले कायम गरेको पत्र प्राप्त भइसके जानकारी दिँदै उनले अदालतको फैसला अनुसार नै छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर काम अगाडि बढाउने बताएका हुन्।

केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीले बताए । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि ओलीले बताएका छन्। नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको पनि प्रधानमन्त्रीले बताए ।

नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *