अर्थमन्त्री पौडेलमाथि स्थानीयको अवरोध

काठमाडौँ। रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि पुगेका अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयले अवरोध गरेका छन्। अर्थमन्त्री पौडेलले मञ्चमा बोल्दै गर्दा स्थानीयवासीले मञ्च तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको थियो ।

स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै विरोध जनाउँदै आएका स्थानीयवासीले मञ्चमै तोडफोड गरेपछि मन्त्री बोल्दाबोल्दै बीचैमा छाडेर हिँडेका थिए । स्थानीयवासीले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्चतर्फबाट पनि पनि प्रतिकार भएको थियो ।

औद्योगिक क्षेत्रको शिलान्यासपछि मञ्चमा कार्यक्रम भइरहँदा स्थानीयले माइकको लाइन काटिदिएका थिए । उनीहरुले मञ्चमा ढुङ्गामुढासमेत गरेका थिए ।

यसअघि स्थानीयवासीले विरोध जनाएपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *