राजीनामा नदिए अविश्वास प्रस्ताव

काठमाडौं । प्रचण्ड–माधव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाउने चेतावनी दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह पनि गरेको छ।

आइतबार बिहानसम्म प्रधानमन्त्री ओलीको राजीनामा कुर्ने र नगरेको खण्डमा बिहान १० बजे नै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपाले योजना बनाएको छ ।

बैठकले संसदीय दलको नेतामा  पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । दलको नेतामा चयन भएपछि  प्रचण्डले ओलीले राजीनामा नदिए अविश्वासको प्रस्तावको बाटोमा जान आफूहरु बाध्य हुने बताए। ‘हामी संविधान, नियम कानुन, पद्धति अनुसार संसदबाटै हल खोल्छौँ । उहाँले अविश्वासको प्रस्तावको बाटोमा जान हामीलाई बाध्य पार्नुभएको छ हामी त्यही बाटो जान्छौँ’,उनले भने।

संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरे ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको हो। बैठकमा दुवै सदनका ११५ सांसदको उपस्थिति रहेको बिभिन्न कारणले उपस्थित हुन् नसकेका थप पाँच सांसद पनि सो पक्षमा रहेको बताइएको छ। यो संख्या नेकपाको कूल सांसद संख्याको बहुमत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *