ओलीको कदमविरुद्ध आन्दोलन गर्ने शक्तिहरुसंग सहकार्य गर्ने नेकपाको निर्णय

काठमाडौं। नेकपा (बहुमत)ले प्रतिनिधि सभा पुन:स्थापनाको पक्षमा आन्दोलन गरेका शक्तिहरु सहकार्य गरेर जाने औपचारिक निर्णय गरेको छ। बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुन:स्थापनाको पक्षमा लागेका राजनीतिक शक्तिहरु मिलेर सरकार गठन गरेर अघि बढ्नु पर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकले केपी ओलीको असंवैधानिक निर्णयको विरुद्धमा उभिने पार्टीलाई धन्यवाद दिँदै सहकार्यका लागि आह्वान गर्ने निर्णय गरेको छ। लोकतन्त्रको पक्षमा उभिने संविधानको प्रहार हुँदा पक्षमा उभिने सबै राजनीतिक दलहरुसँग सहकार्यका लागि पुनः आग्रह गर्ने निर्णय भएको ति नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *