नेम्वाङसहित ओली पक्षका सात नेता निलम्बित

काठमाडौँ। नेकपा (बहुमत)ले ओली पक्षका सात नेतालाई पार्टीको जिम्मेवारीबाट निष्कासन गरेको छ। बुधबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवास नेम्बाङसहित सात जनालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको नेता भीम रावलले जानकारी दिए  ।

त्यस्तै केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतक नियुक्त गरिएका विशाल भट्टराईले केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठकले दु:ख व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *