फेरी बढ्यो इन्धनको मूल्य

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ। मूल्य बृद्धि पछि डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य ९९ रुपैयाँ कायम भएको छ। त्यस्तै पेट्रोलको भाउ ९९ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिक उडानतर्फको साविकको प्रतिलिटर बिक्री मूल्यमा ५ रुपैयाँले बृद्धि गरि ७२ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय उडान तर्फ भने साविकको प्रतिलिटर बिक्री मूल्यमा अमेरिकी डलर २५ बृद्धि गरि अमेरिकी डलर ८९३ प्रति किलि कायम गरिएको छ।

एलपि ग्याँसको खुद्रा बिक्री मूल्यलाई भने यथावत नै कायम राखिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमिक रुपमा बृद्धि हुँदै गएकाले नेपालमा पनि बढाइएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *