झाँक्रीको टिप्पणी: ओलीको चुनाव चिन्ह ‘किरा फट्याङ्ग्रा’

काठमाडौँ। नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘किरा फट्याङ्ग्रा’ चिन्हबाट चुनाव लड्ने टिप्पणी गरेकी छिन्। बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन्।

केपी ओलीले जुनसुकै चिन्हबाट चुनाव लड्ने भन्दै उनको चिन्ता नगरी वैधानिकता विवाद चाँडो टुंग्याउन झाँक्रीले निर्वाचन आयोगसँग आग्रह गरिन्। बहुमत केन्द्रीय सदस्यहरु आफूहरुसँगै रहेकाले पार्टीको आधिकारीकता आफूहरुले नै पाउनुपर्ने उनको तर्क छ।

आत्मघाती गोल गरेर प्रधानमन्त्री ओली पराजित भइसकेको भन्दै उनले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको समेत बताइन्।

पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने भन्दै झाँक्रीले अबको पार्टीमा केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझीहरु नहुने जिकिर गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *