संसद बैठक फागुन २३ गते बस्ने

काठमाडौँ। प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि आगामी फागुन १३ गते संसद बैठक बस्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ ।

सर्वोच्चले फैसला सुनाउँदा नै १३ दिनभित्र संसद वैठक बोलाउन आदेश दिएको थियो । सोही अनुसार सरकारले बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयका आधारमा राष्ट्रपति भण्डारीले त्यही दिन प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् ।

त्यसविरुद्ध परेका मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *