कांग्रेसको पदाधिकारी बस्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

दिउँसो ३ बजे सभापति देउवा निवासमा बस्ने पदाधिकारी बैठक प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

यसअघि, बुधबार नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेका थिए । उनीहरुले नयाँ गठवन्धन बनाएर अगाडि बढ्न आग्रह गरेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

उक्त भेटमा सभापति देउवाले पार्टीमा आन्तरिक छलफलपछि मात्रै निर्णय गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *