सर्वोच्चको ऐतिहासिक फैसला : १३ दिनभित्रै संसद अधिवेशन बोलाउन आदेश

काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । प्रतिनिधिसभा विघटन सम्बन्धि दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले मंगलबार विघटन बदरको फैसला गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।

आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । अदालतको फैसलासंगै अब प्रतिनिधिसभा सुचारु हुने भएको छ ।

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै सिफारिसबारे निर्णय गर्दै मध्यावधि निर्वाचनको मितिसमेत तोकेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *