काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार साँझ ७ः१० बजे शितल निवास पुगेका हुन्।
पछिल्लो समय प्रधानमन्त्री ओली आकस्मिक रुपमा राष्ट्रपतिसँगको भेटका लागि बारम्बार शितल निवास जाने गरेका छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक संकट चुलिएका बेला प्रधानमन्त्री शितल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।