चुनाव गर्नका लागि विघटन गरिएको होइन : प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनैपनि हालतमा चुनाव नहुने ठोकुवा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुन्छ भनेर जनतालाई झुक्याउँदै हिँडेको भन्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा चुनाव गराउनु प्रतिगमन हुने बताए।

‘पन्चर्याली गर्ने जमिन बाँड्छु भन्ने पहिलेका राजा महाराजाले जस्तै सभा गदै ओलीले प्रतिगमन गरे, प्रतिनिधिसभा विघटन गरेकै दिनदेखि ओलीको हार भएको छ’, सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने।

अध्यक्ष प्रचण्डले संसद विघटन चुनाव गर्नका लागि गरिएको कदम नै नभएकोसमेत दावी गरे। उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेरै छाड्ने बताए।

नेपाली जनताले लामो संघर्ष बलिदानबाट प्राप्त उपलब्धि धरापमा परेको बताउँदै अध्यक्ष प्रचण्डले आम नेपाली जनता र राम्रो दिमाख भएका मानिस सबै ओलीको कदमको विरुद्धमा रहेको बताए। राष्ट्र, जनता र लोकतन्त्रको हितमा सबै मिलेर ओलीको कदमलाई परास्त गर्नुपर्नेमा उनको जोड छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *