काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ। न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने भएको हो।
सोमबारको बहसको अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पाण्डेको निधनको शोकमा इजलास नबस्ने जानकारी दिएका थिए। अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ।
माघ ४ गतेदेखि लगातार सुनुवाई भैरहेको संसद विघटन मुद्दामा गत सोमबारदेखि सरकार पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन्। सोमबार १२ जनाले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरेका थिए।