नेकपाको सभा भृकुटीमण्डपमा, पाँच ठाउँबाट जुलुस निस्कने

काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलन चर्काइरहेको नेकपा (प्रचण्ड-माधव)ले माघ २८ गतेको विरोध सभा भृकुटीमण्डपमा गर्ने भएको छ। माघ ९ गते गरेको स्थानमै सभा गर्ने सो पार्टीले जनाएको छ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सभाअघि काठमाडौका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ। जसमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल रहेका छन् ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेताहरु प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन्। त्यसैगरी त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ लगायत केन्द्रीयय कमिटी सदस्यहरुले गर्नेछन्।

माइतीघरबाट निस्कने जुलुसमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीयय कमिटीका सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूले नेतृत्व गर्नेछन्।

देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले केशरमहलबाट निस्कने जुलुको नेतृत्व गर्नेछन् । जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

मुख्य जुलुस भने सुन्धाराबाट सुरु हुनेछ। सबैतिरका जुलुस मुख्य जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार पुतलीसडक, पद्मोदय मोड हुदै प्रदर्शनीमार्ग पुगेर सभामा परिणत हुनेछ ।

संसद् विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाले पुस १४ र माघ ९ मा पनि काठमाडौं बृहत जनप्रदर्शन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *