ओलीलाई माधव नेपालको कटाक्ष : ‘नेकपा बा’पार्टी खोल्नुस्

काठमाडौं । नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहलाई ‘नेकपा बा’ पार्टी खोल्न सुझाव दिएका छन्।

सोमबार नेकपा निकट शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा पञ्च कार्यशैली कायमै रहेको पनि बताएका छन्। ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न सुझाव दिँदै उनले भने, ‘ओली बा समूह खोले हुन्छ । बा मन पराउनेहरु त्यही जान्छन्।’

अध्यक्ष नेपालले अहिलेको लडाइँ केपी ओलीका विरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको बताए ।‘यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो’, उनले भने, ‘तर, हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुनेछैन । त्यही तौरतरिका अपनाऔं भने हामी पनि केपी ओलीको अर्को अवतार हुन पुग्नेछौं।’

कसैलाई पनि कित्ताकाट गर्ने र जबर्जस्त अर्को समूहतिर धकेल्ने काम गर्नुलाई अध्यक्ष नेपालले ओली प्रवृत्ति भनेका थिए । ‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन । एउटै केपी ओलीबाट आजित भइसक्यौं केपी ओलीको नयानयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *