शक्ति केन्द्रको मिलमतोमा ओलीले दुस्कर्म गरे: भट्टराई

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीसंग संविधानको अपनत्व नभएका कारण संसद विघटन गरेको बताएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले आयोजना गरेको आमसभालाई शुक्रबार संखुवासभामा सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलील़ाई संविधान मन नपरेका कारण संसद भंग गरेको बताए ।

प्रधानमन्त्री ओलीलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताप्रति अनिक्षा भएका कारण संसद् विघटन गरी संविधानलाई असफल बनाएको भट्टराईको आरोप छ। भट्टराईले भने, ‘बाहिरका शक्तिहरु पनि यो संविधान गए पनि जाओस् भन्ने पक्षमा रहेकाले त्यसैसँगको मिलमतोमा उहाँले यो दुस्कर्म गर्नुभयो ।’

उनले प्रधानमन्त्री ओलीले चुनाव पनि गराउन नसक्ने र संविधान पनि रक्षा गर्न नसक्ने दाबी गरे । जनयुद्ध, जनआन्दोलले ल्याएको संविधानको रक्षाका लागि सबै पार्टी र जनता सडकमा आउन आवश्यक रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *