आमहड्तालको पूर्वसन्ध्यामा नेकपाको मसाल जुलुस

काठमाडौं । नेकपा (प्रचण्ड-माधव)ले भोलि आव्हान गरेको आमहड्तालको पूर्वसन्ध्यामा बुधबार साँझ मसाल जुलुस निकालेको छ।

नेकपाका कार्यकताहरुले बागबजारमा मसाल जुलुस निकालेका हुन्। सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने नेकपाले स्पष्ट पारेको छ। त्यस्तै विद्यार्थीका परीक्षा पनि स्थगित नहुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *