नेकपाको साधारण सदस्य पनि रहेनन् ओली, पौडेलको जिम्मेवारी फिर्ता

काठमाडौँ। नेकपा (प्रचण्ड-माधव)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारवाही गर्ने स्थायी समिति बैठकको निर्णय अनुमोदन गरेको हो।

बैठकले बिष्णु पौडेलको महासचिव पद पनि फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेलगत्तै बहुमत दस्य सम्मिलित केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट बर्खास्त गरेपनि पौडेलको भने जिम्मेवारी खोसेको थिएन। सोमबार बसेको बैठकले पौडेलको जिम्मेवारी फिर्ता गर्ने अध्यक्षद्वयको प्रस्ताव अनुमोदन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

गतसाता तीन दिनको समयावधि दिएर नेकपाले ओलीलाई स्पष्टिकरण सोधेको थियो। तर ओलीले कुनै जवाफ नदिएपछि अध्यक्ष माधव कुमार नेपालले ओलीलाई साधारण सदस्यसमेत नरहने गरि कारवाही गर्ने घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *