वनमन्त्री नै वन तस्कर :नेता रावल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले वनमन्त्री प्रेम आलेलाई वन तस्करको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री केपी ओलीले वन तस्करको नाइकेलाई वनमन्त्री बनाएकोपनि बताए ।

शनिबार नेकपाले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता रावलले वनमन्त्री प्रेम आलेको नाम नलिइकनै भने, ‘लालझाडीदेखि तराईका रुख र चराचरहरुसमेत वन मन्त्रीबाट डराएका छन् ।’

यस्तै, ओली सरकारले अदालतबाट फरार अभियुक्त व्यक्तिलाई पार्टीमा भित्र्याउने, पशुपतिमा बत्ती बालेर अपराध पखाल्न खोजेको बताए । रावलले भने, ‘पशुपतिमा माफ माग्नु भन्दा जनतासमक्ष माफ मागेको भएर हुने ।’

ओलीले खल्तीबाट थपेका केन्द्रिय सदस्यहरु निर्वाचन आयोगको निर्णपछि सडक छाप भएको नेता रावलले टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *