अष्ट्रेलियामा पनि संगठन विस्तार गर्दै प्रचण्ड-माधव समूह

नब किरण गौतम

सिड्नी । पार्टी विभाजनपछि संगठन बिस्तार र सुदृढीकरणमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समूहले प्रवास कमिटीहरुको पनि पुनर्गठन शुरु गरेको छ । सो समूह निकट प्रवासी नेपाली एकता मन्चले अस्ट्रेलियाका सवै राज्यहरुमा संगठन विस्तारको तयारी गरेको जनाएको छ ।

प्रवासी नेपाली एकता मंचका केन्द्रीय सचिव प्रवीण कंडेलको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले पहिलो चरणमा न्यु साउथ वेल्स राज्यमा ३५ सदस्यीय कार्यसमिति गठन गरेको हो । प्रवासी नेपाली एकता मंच न्यु साउथ वेल्स राज्यको अध्यक्षमा अच्युत शर्मा थपलिया र सचिवमा अनिल पौंडेल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रवि रोशन वस्नेत, कमल लामिछाने, दामोदर अधिकारी, सुदीप ढकाल, निरज सिंह, नरेन्द्र तण्डुकार, निराजन खड्का, सन्तोष जि.सी (ओरेन्ज), अवानिस नेपाल (सेन्ट्रल कोष्ट), सुमन न्यौपाने, सन्तोष रुवाली र ज्योती केसी रहेका छन्। त्यस्तै, नवगठित कार्यसमिति सदस्यमा मनसुन राई, सुवोध खत्री, अभिषेक घिमिरे, विज्ञान अधिकारी, अनिल पौंडेल, बावुराम गौंतम, नव किरण गौतम पनि रहेका छन्।

कार्यसमितिका अन्य सदस्यहरुमा दमन धमला, रेमन केसी, कलम खड्का, लक्ष्मण कुँवर, अर्जुन लम्साल, कमल भण्डरी, सन्तोष कंडेल, कमल अर्याल, सामाना पौंडेल, भरत न्यौपाने, सुजन न्यौंपाने, किशोर विष्ट, अनिष ढकाल, चन्द्र प्रकाश ढकाल, र पूर्ण चन्द्र दवाडी रहेको प्रवासी नेपाली एकता मंच अष्ट्रेलियाले जनाएको छ । सदस्यहरुको कार्यविभाजन आगामी कार्यसमितिको वैठकवाट गरिने अध्यक्ष शर्माले बताए ।

नयाँ कार्यमितिलई राजन वस्नेत, हरिलाल लामिछाने, चोला कान्त भुसाल लगायतले शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन पुर्ण लामिछाने गरेका थिए ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुँदा प्रवासी संगठन पनि एकता भएको थियो। एकता हुँदा भएको सम्झौता अनुशारनै अस्ट्रेलियाका सवै राज्यमा संगठन विस्तार गर्न लागिएको मंचका केन्द्रीय सचिव प्रबिण कंडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *