पौडेलको गुनासो :ओलीले अदालतलाई धम्क्याउँदा पनि देउवा बोलेनन्

काठमाडौँ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई लिएर कांग्रेस अलमलमा परेको आरोप लागेका बेला सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमाथि औंला ठड्याउने विपक्षी दल चाहिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद भंग गर्दा पनि सभापति देउवा मौन रहेको भन्दै नेता पौडेलले असन्तुष्टि जनाएका हुन्। ओलीले अदालतलाई धम्की दिइरहँदा पार्टी देउवा अदालतलाई केही भन्नु हुन्न भनेर बसेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

शनिबार विराटनगरमा भएको एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले ‘यो देशमा म एउटा मानिस खोजीरहेछ’ भन्ने गीत सम्झिए । ‘मलाई भन्न मन लाग्छ यो देशमा म त्यस्ता मानिस खोजिरहेछु, जसले मातृभूमिको माया गरुन । यो देशमा म त्यस्ता नेताहरु खोजिरहेछु, जसले स्वार्थबाट माथि उठेर धनी देशका गरिब जनताको माया गरुन’ उनले भनेका छन् ।’

छलकपट, षड्यन्त्र, आफ्नो सत्ता महत्वकांक्षाका लागि जुनसुकै दुस्साहास गर्ने नेताहरु धेरै भएको उनले बताए ।

पार्टी सभापतिको नाम नलिई उनले प्रधानमन्त्रीले धम्की दिइरहँदा अदालतलाई केही भन्न हुन्न भन्नु जनतालाई धोधाकडी मात्र हुने बताए । ‘प्रधानमन्त्रीले राजनीतिक निर्णय हो, संविधान नहेर, रिट खारेज गरिदेऊ भन्दा अदाललाई केही नभन मात्र भन्ने हो होकि अदालतलाई धँम्की दिने प्रधानमन्त्री हो भने भनेर प्रश्न हो रु वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्रीलाई औंला ठ्ड्याउने प्रतिपक्षी चाहिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *