थप संघर्षका कार्यक्रम ल्याउँदै नेकपा

काठमाडौँ। प्रतिनिधिसभा विघटनका विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेकपा (प्रचण्ड-माधव)ले थप आन्दोलनका कार्यक्रम ल्याउने भएको छ । आइतबार बस्ने स्थायी कमिटी बैठकले थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आइतबार दिउँसो १२ः३० बजे स्थायी कमिटी बैठक बोलाएको छ ।बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिए ।

त्यस्तै, स्थायी कमिटी बैठकले केपी ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय पनि गर्ने बताइएको छ । पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा ओलीले स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको नेताहरुले बताएका छन्।

शुक्रबार नेकपाले काठमाडौँमा विशाल शक्ति प्रदर्शन गरेको थियो । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालनलगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *