नेकपाको विशाल जनसभा : रसुवाको आर्क लैनचौर

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन चर्काइरहेको नेकपा (प्रचण्ड-माधव)ले भोलि (माघ ९ गते) काठमाडौँमा बृहत जनसभा गर्दैछ ।

जनप्रदर्शनलाई व्यवस्थित बनाउन उपत्यकाका विभिन्न १० स्थानलाई मुख्य आर्क तोकिएको छ । तेस्रो आर्कका रुपमा तोकिएको लैनचौरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ६ र ७ तथा रसुवा र नुवाकोट जिल्लाका नेता-कार्यकर्ता उपस्थित हुन् भनिएको छ ।

लैनचैरबाट शुरु हुने जुलुसको नेतृत्व नेताहरु भीम रावल, शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले गर्ने बताइएको छ । जुलुस लैनचौर, अस्कल, आशन, भोटाहिटी हुँदै रत्नपार्कमा पुगेर बिशाल जुलुसमा सहभागी हुनेछ ।

यसैबीच नेकपा रसुवाले जनसभामा सहभागी हुन् जिल्लाका नेता-कार्यकर्तालाई आग्रह गरेको छ । जिल्ला सचिव इन्द्र गौतम जगतजंगले जिल्लाका प्रदेश सदस्यहरू, जिल्ला कमिटीका सदस्य, सल्लाहाकार र पार्टी सदस्यहरू, सबै जनवर्गीय संगठनका सदस्यहरु, समर्थकहरु र रसुवाबाट काठमाडौं आई रोजगारी गरी बस्ने सबै पार्टी समर्थक शुभचिन्तकहरुलाई अनिवार्य उपस्थित हुन् अनुरोध गरेका छन् । उनले बिहान ११ बजे लैनचौरमा उपस्थित हुन् पनि भनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *