प्रतिगमनविरुद्ध ओलीको गृहनगरमा वृहत प्रदर्शन

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध देशव्यापी आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले ओलीको गृहजिल्ला झापामा बृहत् प्रदर्शन गरेको छ। जसपा झापा जिल्ला समन्वय समितिले बुधवार दमकस्थित ओलीको गृहनगरमा जंगी प्रदर्शन गरेको हो।

असंबैधानिक कदमका विरुद्ध माघ ७ गते ७७ वटै जिल्लामा प्रदर्शन गरेको जसपाले झापामा पनि बिरोधसभागरेको हो। सभालाई सम्बोधन गर्दै केन्द्रीय बदस्य हरीदेबी राई, सूर्यनारायण गणेश र भुपेन्द्र नेम्बाङलगायतका नेताहरुले सरकारद्वारा चालिएको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम विरुद्ध तेस्रो चरणको विरोध कार्यक्रम अझै सशक्त ढंगले गर्ने चेतावनी दिए ।

बिरोध सभामा बोल्दै प्रदेश अध्यक्ष फाक्तालुङ योंगहांग र जिल्ला अध्यक्ष दिपेनबाला राईले ओलीले जनताको सार्बभौम अधिकार खोसेको भन्दै जनतासंग माफी माग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सचिव देवेन्द्र किशोर ढुंगानाले लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नुपर्ने भन्दै अदालतका न्यायमुर्ति पनि समाजको हिस्सा भएकोले संबिधानको रक्षा र नेपाली जनताको मतको सुरक्षात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले भने, ‘अदालतले जनताको विश्वासको सम्मान र प्रतिष्ठालाई जोगाउन प्रतिगमनकारी कदम खारेज गरि सही निर्णय दिनुपर्छ ।’

पार्टी जिल्ला अध्यक्षद्वय अनुतसिह राजबंशी र दिपेनबाला राईले संयुक्त रुपमा अध्यक्षता गरेको उक्त बिरोध सभाका  क्रममा दमकको पश्चिम बस स्टेण्डबाट शुरु भएको बिरोध जुलुश नाराबाजीसहित नगर परिक्रमा गर्दै गणतन्त्रचौकमा पुगी सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *