ओलीले पाउने एमाले र अस्ताउँदो सूर्य हो : अध्यक्ष नेपाल

काठमाडौँ। विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले संसद विघटन गरेको कदमलाई सबै पार्टीले विरोध गरिरहेका बेला एकातिर सिंगो देश र अर्को तिर केपी ओली एक्लो टुहुरो बनेको पनि नेता नेपालले टिप्पणी गरे ।

‘ओलीको कदम विरुद्ध कांग्रेस, राप्रपा, जसपा लगायत सिंगो देशले असंवैधानिक भनिरहेको छ । सिंगो देश एकापट्टि र केपी ओली एक्लो टुहुरो भएका छन् । यस्तो अवस्थामा ओलीले करी मुख कसरी देखाउँछन्रु’ बहुमत समूहका अध्यक्ष नेपालले भने ।

आफूहरुसँग स्पष्ट वहुमत भएको र सूर्य चिह्न आफूहरुकै भएको उनको दावी थियो । नेपालले भने, ‘हामीसँग स्पष्ट बहुमत छ। नेकपा र सूर्य चिह्न हाम्रो हुन्छ। ओलीको हुने भनेको अब नेकपा एमाले र अस्ताउँदो चिह्न मात्रै हो।’

प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको सोमबारको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले यस्तो बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *