प्रतिनिधिसभा विघटन विरुद्ध जाग्यो रसुवा

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध देशव्यापी आन्दोलन चर्काइरहेको नेकपा (बहुमत)को रसुवा जिल्ला कमिटीले आन्दोलन परिचालन समिति गठन गरेको छ । सोमबार काठमाडौँमा उपलब्ध जिल्ला नेताहरुको बैठकले वाग्मती प्रदेश कमिटी सदस्य तेम्ब्रेल तामाङको संयोजकत्वमा १०१ सदस्सीय जनपरिचालन समिति गठन गरेको हो ।

जिल्ला सचिव इन्द्र गौतम जगतजंगका अनुसार प्रतिगमनका विरुद्ध पार्टीले घोषणा गरेको आन्दोलनलाई सफल बनाउन  समिति गठन गरिएको हो । उनले उपत्यकामा हुने आन्दोलनमा जिल्लाको सहभागिता व्यापक बनाउने तयारी भैरहेको र सोहीअनुरुप समिति गठन गरिएको जानकारी दिए ।

माघ ९ गते हुने विरोध प्रदर्शनलाई सफल बनाउन काठमाडौंमा रहेका रसुवाका पार्टी समर्थकहरुलाई परिचालन गर्न प्रदेश सदस्य क. तेम्रेल तामाङको संयोजकमा १०१ सदस्सीय जनपरिचालन समिति गठन गरेका छौँ’, गौतमले भने ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले संविधानमाथि कू गरेको भन्दै संयोजक तामाङले आन्दोलन जीवन-मरणको सवाल बनेको बताए ‘ओलीको यो कदम संविधान र व्यवस्थामाथिकै प्रहार हो, यसका विरुद्ध सशक्त संघर्षमा होमिनुको विकल्प छैन’, उनले भने, ‘यो परिवर्तन उल्ट्याउने षड्यन्त्र हो, त्यसैले आन्दोलन जीवन-मरणकै सवाल बनेर आएको छ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *