ओली गन्हाएर बालुवाटार गइसक्नु छैनः भीम रावल

काठमाडौं । नेकपा बहुमत (प्रचण्ड–माधव)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली एक नम्बर भगौडा भएको आरोप समेत लगाए ।

ओलीलाई सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै उनले ब्यंग्य गरे । उनले भने, ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं । त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए । विधि सकिए, नीति सकिए । तर अहिले बालुवाटार ओरिपरि गैइसक्नु छैन ओली गन्हाएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *