विष्णु पौडेल निस्काशित

काठमाडौँ । नेकपाको बहुमत समूह (माधव–प्रचण्ड)ले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको हो ।

पौडेल एकीकृत नेकपाको महासचिव थिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले नेकपा विभाजित भएपछि पौडेल ओली समूहमा लागेका छन् । सो समूहले उनलाई महासचिवमै यथावत राखेको जनाएको छ ।

बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले उनलाई साधारण सदस्यबाट समेत नहटाउने तयारी गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *