पत्रकारले दिए बालबालिकालाई न्यानो कपड़ा

चन्द्रगढी। भद्रपुर नगरपालिका-५ नयाँबस्तीमा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।

समाजसेवी एवं नेपाल अखबारको पत्रकार जिनत शेखको पहलमा नयाँबस्तीमा रहेका ३१ जना बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।

मौसम परिवर्तन भएसँगै झापा जिल्लामा पनि चिसो बढ्दै गएको छ। चिसोबाट बच्नका लागि ‘BHADRAPUR HNM TEAM’का युवाहरु (शईद उल शेख, अरमान रहमान,जाहिर रहमान, इन्ताज शेख, जुमराती मियाँ, ताजिर शेख, जिनत शेख, वसीम शेख, हासिम शेख मुन्ना)को सहयोगमा र जिनत शेखको पहलमा मंगलबार एक कार्यक्रमकाबीच कपडा वितरण गरिएको जिनत शेखले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *