काठमाडौँ। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य पम्फा भुसालले जनयुद्दको अपमान हुनेगरी अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएकी छिन् ।
केही दिनअघि प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सिसंग तुलना गरेका थिए। ओलीको उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई भात्क्याउने गरि जनयुद्धका बारेमा भ्रामक अभिव्यक्ति नदिन चेतावनी दिएकी हुन्।
मंगलबार लक्ष्मीकन्या बुढा प्रतीक्षाद्वारा लिखित ‘मुक्ति अभियान’ पुस्तकको काठमाडौँमा विमोचन गर्दै पूर्वमन्त्री भुसालले भनिन्, ‘जनयुद्दको बलमा प्राप्त उपलब्धिमाथि टेकेर जनयुद्धकै अपमान नगर्नुस्।’
उक्त पुस्तकमा उत्पीडित समुदायका महिलाले जनयुद्धमा खेलेको भूमिकालाई उतारिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै भुसालले कम्युनिष्ट घोषणा पत्रको निरन्तरताको दस्तावेजका रुपमा लिनुपर्नेमा जोड दिइन् । उनले मालेमावादप्रति आश्था राख्ने हरेकका लागि पुस्तक ठूलो विश्वविद्यालय बन्न सक्ने विश्वास पनि व्यक्त गरिन्।
भुसालले जनयुद्ध के थियो भनेर बुझ्न कर्णालीका उत्पीडित वर्गसंग सोध्न पनि ओलीलाई सुझाव दिइन् ।