काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनले मुलुक संवैधानिक जटिलतामा फसेको बताएका छन्। उनले ओली सरकारको सर्वसक्तावादबाट मुक्त हुन ताजा जनादेशमा जानुपर्ने पनि बताए।
सोमबार राप्रपाले आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन् गोरखा पुगेका थापाले सर्वाेच्च अदालतमा विचाराधीन रहेको विषयलाई पक्ष वा विपक्ष बनाइ प्रभावित गर्ने, दबाब दिने ढंगबाट प्रस्तुत हुन नहुने धारणा राखे ।
“संसद् विघटनले नेपालको संविधानमा रहेका विवाद र अस्पष्टतालाई उजागर गरेको छ”, अध्यक्ष थापाले भने, “अब यसको निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई मात्र छ ।”