अध्यक्ष प्रचण्ड फर्किए

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डआज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष प्रचण्ड शनिबार स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रचण्ड पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्किएको  सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *