उल्टो हिँडेर प्रधानमन्त्रीको कदमको विरोध

काठमाडौँ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगामी भन्दै आन्दोलन भैरहेका बेला नेपाल विद्यार्थी सङ्घले शुक्रबार साङ्केतिक विरोध गरेको छ । माइतीघरदेखि बानेश्वरसम्म उल्टो हिँडेर नेविसङ्घका नेता तथा कार्यकर्तताले विरोध गरेका हुन् ।

कार्यक्रममा नेवि सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले संसद् विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताए । “झण्डै दुई तिहाइ जनमत पाएको सरकारले सिङ्गो देशभन्दा पनि व्यक्तिगत स्वार्थका लागि संसद् विघटन गयो,” उनले भने ।

महामन्त्री दीपक भट्टराईले प्रधानमन्त्रीको कदम प्रतिगामी भएको भन्दै उल्टो हिँडेर साङ्केतिक विरोध गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *