अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएपछि तनाव

चन्द्रगढी। मोरङको बुढिगंगास्थित विराट मेडिकल अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
इटहरी–२ की ३२ वर्षीय गंगा दाहालको शनिबार मृत्यु भएको हो ।

सामान्य अबस्थामा शनिबार दिउँसो अपस्ताल लगिएकी महिलाको मृत्यु भएपछि अस्पतालमा आफन्तले प्रदर्शन गरेका छन् । उनीहरुले उपचारमा खटिएका डाक्टरले गम्भीर लापरवाही गरेको भन्दै प्रदर्शन गरेका हुन् ।

शनिबार राती नै विरामीको मृत्यु भएको भएपनि डाक्टरहरुले रातको ११ वजे १० पाउण्ड रगत मागेको, ३ वर्षदेखि सटेज रहेको औषधी ल्याउनु नत्र सुत्केरीको मृत्यु हुने बताएको आफन्तले बताए । उनीहरुले सिकारु डाक्टरले बच्चा झिक्दा पाठेघर पनि निकालेकाले मृत्यु भएको बताए ।

आफन्तले अस्पताल प्रशासनमा प्रर्दशन गरेपछि अस्पताल प्रशासन, मावनअधिकारकर्मी र पिडित पक्षको बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *