विराटनगरको श्रम कार्यालय तोडफोड

चन्द्रगढी।  विराटनगरको श्रम कार्यालयमा दुई जना मजदुर नेताले तोडफोड गरेका छन् । सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर प्रालीमा कार्यरत रमेश थापा र सुशिल गच्छदारले विराटनगर–३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा तोडफोड गरेका हुन् ।

तोडफोडमा सङ्लग्न थापा नेपाल कारखाना श्रमिक सङ्घ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् ।उनीहरुले कार्यालय हाताभित्र प्रवेश गरेर पूर्वतर्फको सीसाको झ्यालमा ढुङ्गाले हानेर फुटाएका थिए ।

कार्यालय तोडफोड भएपछि कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले घटनामा सङ्लग्नलाई पक्राउ गर्न प्रहरीमा निवेदन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जती ऐन र सार्वजानिक अपराध ऐन अनुसार कारवाहीको माग निवेदन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *