चुनावसँग डराउँदैनौं : थापा

  • देवेन्द्र किशोर

भद्रपुर। नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कांग्रेस चुनावबाट पछि नहट्ने बताएका छन्।
शुक्रबार प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन्।

उनले कांग्रेस चुनावदेखि नडराउने भन्दै सर्वोच्च अदालतको फैसलाअनुसार निर्णण लिने बताए। कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा रहेकाले सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरे निर्वाचनमा जान तयार रहेको उनले प्रष्ट पारे।

फरक प्रसंगमा सहमहामन्त्री थापाले धनकुटामा नेकपाका नेताले भ्रष्टाचार र जनतामाथि अत्याचार गरिरहेको आरोप लगाएका छन्। धनकुटाका गाउँगाउँमा भ्रष्टाचार र अत्याचारले सीमा नाघेको उनको दाबी छ। नेकपाका जनप्रतिनिधिले सरकारी काममा पनि अड्को थापेर जनतालाई आफ्नो पार्टीमा प्रवेश गर्न बाध्य पारेको थापाले आरोप लगाए।

उनले नेकपाका सांसद तथा नेताले जिल्लामा आफूले पनि काम नगरेको र अरुलाई पनि काम गर्न अवरोध गरिरहेको पनि बताएका छन्। थापाले अनुदान र सरकारी काममा पनि पक्ष-विपक्ष हेर्ने गरेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा नेकपाका कार्यकर्ता मात्र काम दिइएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *