मण्डललाई बर्खास्ती गर्ने नेकपाको तयारी

धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै पार्टीको बहुमत पक्ष प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई बर्खास्तीको तयारी थालेको छ।

आज जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए।

प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए।

नेकपा (बहुमत)ले यसअघि प्रदेश १ का संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका डोरमणि पौडेललाई दलको नेताबाट बर्खास्त गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *