फरार अभियुक्त १७ वर्षपछि पक्राउ

सप्तरी। चोरीका अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि आज पक्राउ परेका छन् । गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।

अदालतले २०६० असोज २७ गते गरेको फैसलामा उनलाई दुई महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए । स्वावलम्वन बैकिङ्ग शाखा कार्यालय रुपनीमा यादवसमेतले रहजनी चोरी गरेको भनी चलेको मुद्दामा अदालतले कैद सजायको फैसला गरेपछि यादव फरार थिए ।

जिल्ला अदालतमा पेश भएका आरोपितलाई हाल राजविराज कारागारमा कैद भुक्तानका लागि पठाइएको प्रहरी निरीक्षक द्विवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *