संसद विघटनविरुद्ध भोली हुने जनप्रदर्शनमा सहभागी हुन नेकपा रसुवाको आव्हान

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले प्रतिनिधिसभा विघटनका विरुद्ध भोली (मंगलबार) हुने जनप्रदर्शनमा सहभागी हुन जिल्ला पार्टीका सबै नेता-कार्यकर्तालाई आव्हान गरेको छ ।

संसद विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले पुस १४ गते (भोली) राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको थियो । पार्टी केन्द्रको सोही निर्णयअनुसार आन्दोलनमा सहभागिता जनाउन लागेको नेकपा रसुवाका सचिव इन्द्र गौतम जगतजंगले जानकारी दिए ।

राजधानीमा हुने जनप्रदर्शनमा सहभागी भइ प्रतिगमनविरुद्धको आन्दोलनमा संगठित हुन् जिल्ला पार्टीका सबै सदस्य तथा समर्थक, शुभचिन्तकहरुमा आग्रह गरिएको गौतमले जानकारी दिए ।

‘संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कू विरुद्ध भोली पौष १४ गते हुने विरोध र्यालीमा सहभागी हुन् सबै पार्टी सदस्य तथा समर्थकहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरेका छौँ’, गौतमले भने । उनले सहभागीहरुलाई बिहान ११ बजे लैनचौरमा उपस्थित हुन् भनेका छन् । त्यसपछि र्यालीसहित मुख्य कार्यक्रम हुने स्थान भृकुटीमण्डप जाने कार्यक्रम रहेको उनले बताए ।

गत बिहीबार बसेको प्रचण्ड-नेपाल नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो । सोको लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *