केपी ओलीतिर गएकाहरु बैशाखमा फर्किन्छन् ‌ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजको पथमा हिँडेकाले पार्टीमा समस्या आएको बताएका छन् ।

सोमबार जनसंस्कृतिक महांसघको कार्यक्रमलाई संबोधन गर्दै उनले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर ओलीले जननिर्वाचित संस्था विघटन गरेको आरोप लगाए । उनले संसद विघटन गरेर ओलीले कलंकको टीका लगाएको बताए ।

“हामी सडकमा पुगेका हैनौं । हामी जनताको बीचमा पुगेका हौं । केपी ओली सामान्ती शासक जस्तो श्री ३ महाराज धिराज जङ्गेको बाटोमा हिड्नुभयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो । हाम्रो विजयको सुरुवात भयो,” प्रचण्डले भने ।

प्रचण्डले अहिले केपी ओली समूहतिर गएका कतिपय नेताहरु वैशाखमा आफूतिर फर्किने दाबी समेत गरे । यसरी फर्कनेहरुलाई क्षमा दिने उनको भनाइ छ ।

‘केही साथीहरु क्षणिक स्वार्थका निम्ति, लोभका निम्ति जानुभएको छ । ती साथीहरु पहिलेपहिले पनि जाने गरेकैहरुमा पर्छन् । उनीहरु अहिले मात्रै गएका होइनन् । ती जानेबुझेका मान्छे पर्छन् । तपाईंहरु त्यसमा टेन्सन नलिनुहोला’ उनले भने, ‘ती फेरि आउँछन् भन्ने देख्छु म । दुई चार महिना हेर्नुहोला, वैशाखपछि आउँछन् । जाने ठाउँ नै बाँकी रहँदैन बिचरा । आए भने हामी क्षमा दिन सिपालु छौँ । दिइहाल्छौँ ।’

प्रचण्डले सदन जिवित भएको दाबी गर्दै छिट्टै नै अदातलतले सदन सुचारु गर्ने आदेश दिने विश्वास पनि व्यक्त गरे ।
“सदन मरेको छैन । जिवित छ । विघटन भएको त केपी ओलीको सरकार हो । संसदको हत्या भएको छैन । सम्मानित अदालतले संविधनानमा प्रष्टसँग लेखिएको प्रवाधान बुझ्दैन भन्यौं भने अदालतको सम्मानप्रति अपमान ठहर्छ भन्ने ठान्छु । अपमान अदालतमाथि विश्वास छ । अदालप्रति भरोसा गर्न चाहन्छु। छिटो भन्दा छिटो सदन सुचारु गर्ने आदेश आउनेछ भन्ने विश्वास गरेको छु,” उनले भने ।

उनले आफूहरुले बाजी जितिसकेको बताए । “राजनीतिक ढंगले त जितिसक्यौं । फिल्डमा जित्न बाँकी छ। हेर्नुहोला केही महिनाभित्र फाइनल हुन्छ,” उनले भने । उनले अर्को समूहमा गएका केही नेताहरु फेरि फर्कने र आफूहरुले स्वागत गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *