सुनको मूल्य सात सयले उकालो 

काठमाडौँ। स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सयले उकालो लागेको छ । शुक्रबार र आइतबार स्थिर रहेको सुनको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २०० रहेकामा आज प्रतितोला ९४ हजार ९०० पुगेको छ ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रहेकामा आज ७०० ले वृद्धि भई ९४ हजार ४०० मा कारोवार भएको छ ।

त्यस्तै सोमबार चाँदी प्रतितोला एक हजार ३१५ मा कारोवार भएको छ । आइतबार एक हजार २८० मा कारोवार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *