चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा प्रचण्डसँग भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको उच्स्तरिय प्रतिनिधिमण्डलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग सोमबार भेटवार्ता गरेको छ ।

नेपालको चार दिने भ्रमणमा रहेको प्रतिनिधिमण्डलले भ्रमणको दोस्रो दिन अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेको हो ।चिनियाँ टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलग–अलग भेटवार्ता गरेको थियो ।

अध्यक्ष प्रचण्डसंगको भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । उपमन्त्री येझाउ नेतृत्वको टोलीले आजै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ ।

नेकपा बिभाजन र संसद विघटनपछि नेपाल आउने उपमन्त्री येझाउ माथिल्लो तहका कुटनीतिज्ञ हुन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको संदेश लिएर आइतबार नेपाल आएका हुन् । नेपाल आएलगत्तै उनी नेतृत्वको टोलीले उच्चस्तरीय भेटघाट सुरु गरेको हो ।

नेकपामा देखिएको विवाददेखि नै चीनको प्रत्यक्ष चासो रहेको चर्चाकाबीच नेकपा बिभाजन लगत्तै भएको यो भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले त चीनले नेकपालाई फेरी मिलाइदिने तर्कसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *