राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम यही पुस १७ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम शुक्रबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बैठक बस्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै सो को जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *