अध्यक्ष नेपाल र राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार अध्यक्ष नेपाल र राजदूत यान्छीबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उनीहरुबीच आपसी हितका विषयमा विचार विमर्श भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *