संसद विघटन प्रकरण : संवैधानिक इजलासबाट वरिष्ठ न्यायाधीश हटाइयो

काठमाडौँ। संसद विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोष्टर परिवर्तन गरेका छन् । प्रतिनिधिसभा बिघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज हुने संवैधानिक इजलास अघि प्रधानन्यायाधीश राणाले रोष्टर परिवर्तन गरेका हुन् ।

संसद विघटनको मुद्दा सुनुवाइको निष्पक्षता र तटस्थतालाई पेचिलो विषयका रूपमा हेरिएका बेला प्रधानन्यायाधीशले बरिष्ठतम न्यायाधीशहरुलाई पन्छ्याएर इजलास गठन गरेपछि कानूनविद्धहरुले शंकाका दृष्टिले हेरेका छन् ।

प्रधानन्यायाधीशले न्याय परिषद्ले उपलब्ध गराएको १४ जना न्यायाधीशको रोष्टरबाट न्यायाधीश छनोट गर्न पाउने भएपनि सामान्यता संवैधानिक इजलास गठन गर्दा वरिष्ठताक्रम अनुसार गठन गरिने प्रचलन छ ।

जवराले गठन गरेको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई हटाइएको छ । उनीहरुको ठाउँमा न्यायाधीशहरु अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राखिएको छ । कार्की प्रधानन्याधीशछिका वरिष्ठतम न्यायाधीश हुन् । त्यसपछिकी न्यायाधीश मीरा खड्का हुन् ।

इजलासको सूची हेर्दा चौथो वरीयताक्रमका हरिकृष्ण कार्की इजलासमा परेका छन् । कार्कीपछिको वरीयताक्रममा रहेका विश्वम्भरप्रसाद श्रेष्ठ पनि इजलासमा छन् । कार्की महान्यायाधिवक्ता अग्नि खरेको ल फर्मका पार्टनर हुन् भने केसी राणाका यसम्यान । यसो गर्दा इजलासमा राणाको बहुमत बन्ने निश्चत भएको छ ।

सरकारले गत मंगलबार संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो । त्यसविरुद्ध परेका दर्जन बढी रिटमा प्रारम्भीक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको थियो ।

सूचीमा भएकामध्ये संवैधानिक इजलासमा को–को परे

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा

न्यायाधीश हरिकृष्ण कार्की

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

न्यायाधीश अनिलकुमार सिन्हा

न्यायाधीश तेजबहादुर केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *