सडकमा पलेटी कसेर बस्दै प्रचण्ड-नेपालले भने ‘हामी यहाँ छौं‌’

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आज (शुक्रबार) पहिलो दिन माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

प्रदर्शनमा सहभागी हुन ठूलो संख्यामा नेता-कार्यकर्ताहरु माइतीघर पुगेका छन्। आन्दोलनको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। आन्दोलनमा बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।

प्रर्दशनमा सहभागी विघटित प्रतिनिधिसभाका सदस्यहरुले ‘हामी यहाँ छौं’ भन्ने लेखेको प्लेकार्ड बोकेका छन्। हामी यहाँ छौं लेखिएका प्लेकार्ड छातीमा टासेका प्रचण्ड माधव नेपाल लगायत लाइन लागेर पलेटी मारेर सडकमा बसेका छन् । अघिल्लो लहरमा दुई लाइन बनाएर प्रचण्ड र नेपाल बसेका छन् भने अन्य नेता कार्यकर्ता उनीहरुको पछाडी बसेका छन् । संसद पुनस्र्थापना हुनुपर्ने उनीहरुको माग छ ।

संसद विघटनविरुद्ध संघर्षमा उत्रिएका नेता-कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक कू खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संसद बैठक सुरु गर, प्रतिगमनकारी होसियार’ लगायतका नारा लगाएका छन् ।

माइतीघरमा प्रदर्शनपछि सो समुह सर्वोच्च अदालत जाने तयारीमा छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *