प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सबै सांसद सर्वोच्च र सबै केन्द्रीय सदस्य निर्वाचन आयोग जाने

काठमाडौँ। प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सबै केन्द्रीय सदस्य भोलि शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

नेकपा बिभाजन भएसंगै अधिकांश केन्द्रीय सदस्य प्रचण्ड-नेपाल पक्षमा लागेका छन् ।यद्यपि प्रधानमन्त्री केपी ओली समूहले आधिकारिकताको दावी गर्न थालेपछि आफ्नो पक्षमा बहुमत रहेको देखाउन र हस्ताक्षरबारे पनि कुनै शंका नहोस् भनेर त्यसो गर्न लागिएको एक नेताले बताए।

‘आज बसेको बैठकले सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबैजना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ,’ ति नेताले भने, ‘हाम्रोतर्फ रहेका सबै सांसद भोलि १० बजे सर्वोच्च र केन्द्रीय सदस्यहरु भोलि नै १२ बजे निर्वाचन आयोग जाने निर्णय भएको छ ।’

सो समूहले केन्द्रीय समितिका निर्णयहरु यसअघि नै आयोगलाई जानकारी गराइसकेको छ ।

निर्वाचन आयोगमा दर्ता भएको मौजुदा नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये प्रचण्ड पक्षसँग ३१५ भन्दा बढि केन्द्रीय सदस्य रहेका छन् भने बाँकी ओली पक्षमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *